बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेड १३ औं वार्षिक साधारण सभा २०७७ मा प्रस्तुत सञ्चालक समितिका अध्यक्षको मन्तव्य डा. केदारनरसिंह के.सी. अध्यक्ष आजका आदरणीय प्रमुख अतिथि ज्यू, बिशिष्ठ अतिथिज्यूहरू, अतिथि ज्यूहरू सम्पूर्ण शेयर सदस्यज्यूहरू, उपस्थित महिला, पुरूष तथा पत्रकार मित्रहरू, संस्थाको सर्बोच्च सभामा उपस्थित सम्पूर्ण महानुभावहरूमा सञ्चालक समितिको तर्फबाट र मेरो ब्यक्तिगत तर्फबाट हार्दिक–हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछु । समादरणीय सभा, स्थापना कालदेखि नै यस संस्थामा आबद्ध, संस्थाका शुभचिन्तक, कार्यसमिति सदस्य, हाम्रा अविभावक, पथप्रदर्शक, मृदुभाषी, अति मिलनसार ब्यक्तित्व, देशकै एक उच्चप्रबिधिका धनि ईन्जिनियर श्री सरोजकुमार देवकोटाको असामयिक निधनले हामीलाई मर्माहत बनाएको छ । स्वर्गीय देवकोटाज्यू प्रति बैकुण्ठबास तथा बिशाल आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु; हिम्मति परिवार प्रति गहिरो समवेदना प्रकट गर्दछु । शितलताबाट शुरु गरौं । बी पी को “मोदि आईनले भन्छिन; ठूला मानिस थरिथरिका हुन्छन् । असल मानिस भने एक थरिका मात्र हुन्छन् । ठुलो हुनपट्टि नलाग्नु, असल हुनपट्टि लाग्नु नानी ।” जो सबैलाई मन परेको हुनु पर्दछ, मष्तिस्कलाई “आहा !” बनाउँदछ । साहित्यमा “अराजकतावादी” ले आफ्नो कलमलाई यसरी चलाएका छन्, जसले ‘प्रेरणा’ मात्र ‘प्रेरणा’ दिन्छ । बी.पी. ले आफुलाई भन्नुहुन्थ्यो “म राजनितिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी ।” हाम्रो संस्था ः देशको आर्थिक विकासको एक मजबूत खम्बा सहकारीको नीतिलाई आधार बनाई बी.पी. स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेड (बी पी स्मृति अस्पताल) आजभन्दा चौध बर्ष पहिले तथा संस्थाकै बी.पी. मेमोरियल हेल्थ ईन्स्टिच्यूट एण्ड रिसर्च सेन्टर (बी.पी मेमोरियल कलेज) तेह्र बर्ष पहिले स्थापना भएको हो । हजारौं बिरामीहरूलाई सेवा दिएको तथा हजारौं बिद्यार्थीहरूको भविष्यको मार्ग प्रशस्तीको रेखा कोरेको संस्था हामीसंग छ । गौरव छ । गौरवशाली छ । गर्व गरौं; किनकि यी हाम्रा, हामी सबैका सम्पत्ति हुन् । देशको सम्पत्ति हो । स्तरीय तथा सुलभ स्वास्थ्यसेवा तथा स्वास्थ्य शिक्षा बिस्तार हाम्रो उद्देश्य हो जुन बिगत बर्षहरूमा प्रदान गरि रहेको छ; भविष्यमा निरन्तर दिईरहने छ । यो हाम्रो प्रतिबद्धता पनि हो । समयको बहाब ः कति सजिलै हामी प्रजातन्त्र र समाजवादको बहसमा आ–आफ्नो तर्क प्रस्तुत गर्दछौं । तेह्रौ“ वार्षिक साधार०ा सभा बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लि. ट शब्दोच्चारणमा प्रजातन्त्र र समाजवाद सजिलै हाम्रो मुखमा आएता पनि के यी कुराहरू हाम्रो मष्तिस्कमा साँच्चिकै उचित स्थानमा बिराज छन ? ब्यबहारमा कति उतार्न सकेका छौं वा साध्यमा मात्र सीमित राखेका छौं ? पुनर्ताजगीको आवश्यकता पो छ कि ? बिलम्ब नगरी बहस गर्ने बेला भैसकेको महशुस भएको छ । लोकतन्त्र धरापमा छ । लोकतान्त्रिक समाजवाद धरापमा छ । बहाब परिबर्तन नहुँदै बहाबको धार सही लयमा ल्याउनु हामी सबैको कर्तब्य हो, हामी सबैको दायित्व हो । हामी आफ्ना सन्ततिहरुलाई पुनःलोकतन्त्रको लागि कुनै किसिमको युद्ध गर्न नपर्ने बाताबरण किन नबनाउने; सोचौं, जागौं, लागौं; कतै साँच्चिकै थकथकी नहोस् । मेरो बिगतको लिखतमा बयान गरे झैं “बी पी को ईरालाले सिकाएको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हाम्रा अपरिहार्य सिद्धान्त भएता पनि बिगत केहि दशकमा स्वास्थ्य, शिक्षा तथा खाने पानीजस्ता आधारभूत सेवालाई राज्यले दिनुपर्ने प्राथमिकतामा कमी आएको तथ्य आमजनताले महशुस गरिरहेका छन ।” अब यसमा मलाई थप्न मन लाग्यो “अब त संविधानप्रदत्त वाक तथा प्रेश स्वतन्त्रतामाथि नै हमला भै सक्यो”, त्यसैले उठौं, ढिलो नगरौं । असमञ्जस भित्रको बिषमता ः स्वास्थ्य मंत्रालय स्वास्थ्य सेवा विभागबाट तोके को बिभिन्न समयको नीति नियम, जुन छिटो– छिटो परिवर्तित थियो, हामीलाई तथा समस्त प्राईबेट तथा सामुदायिक अस्पतालहरूलाई केहि असहज बनाएको थियो । ‘आफ्नो अस्पतालमा आएका कोभिडका बिरामीहरूलाई सबैले आफै उपचार ब्यबस्था गर्ने’ भन्ने उर्दी पछि मात्र हामी पनि कोभिडका बिरामीहरुको उपचारमा संलग्न भयौं । अस्पतालले असहज तथा बिषम समय– परिस्थितिमा आफ्ना अन्य बिरामीहरूको सेवा कुनै दिन पनि रोकेन । चाहिने समानहरूको बजार सहज थिएन । उच्च अस्वाभाविक मूल्यले समस्त क्षेत्र नै प्रताडित हुँदा स्वास्थ्य क्षेत्र पनि अछुतो थिएन । अस्पतालको संकुचित आम्दानीले दैनिक सेवा धान्नु पर्ने तथा कर्मचारीहरूको दैनिकीको ब्यबस्था गर्न अति नै गाह्रो समय रह्यो । मौखिक आश्वासन तथा आगामी दिनहरूमा उचित तथा समयसापेक्ष आर्थिक ब्यबस्थापन गर्ने दैनिक कार्य सम्पादन समिति तथा संचालक समितिको निर्णयले कार्यरत कर्मचारीहरू तथा अस्पतालका भौतिक आपूर्तिकर्ताहरू संग सामञ्जस्यता ल्याईएको थियो । सबै कर्मचारीहरू धन्यवादका पात्र छन् । हाम्रो सलाम छ । जनशक्तिको अभावका बेला अनुरोध गरी सेवामा संलग्न सबै प्राबिधिक कर्मचारीहरूलाई उचित धन्यवाद छ । अझैपनि कोभिड–१९ को अक्रान्त साम्य भएको छैन । तर जुनबेला यो समस्या संकट उन्मुख हुँदै उर्लेको थियो, आज कम झैं लागेको छ । त्यसताकाको अस्पताल ब्यबस्थापनलाई आजको समयसंग कदापि दाँज्न मिल्दैन । कोभिड–१९ र वस्तुस्थिति कोरोना भाईरस डिजिज–१९ (कोभिड–१९) किन पनि भनिएको हो भने, यो अति सुक्ष्म किटाणु जसलाई अंग्रेजीमा भाईरस पार्टिकल पनि भनिन्छ’ ले मानव शरीरको कुनै एक अंग वा प्रणालीलाई मात्र असर गर्ने होईन रहेछ, एकैचोटी वा बिस्तारै सबै अंग प्रभावित हुने वा हुनसक्ने यथार्थ अध्ययनले देखाएको छ । त्यसैले यस किटाणुको नाम कोरोना भाईरस मात्र नभै कोरोना भाईरस डिजिज–१९ हो । श्वास–प्रश्वास विशेष गरेर फोक्सोको जटिलता देखि मुटु, स्नायु, पाचन प्रणाली, मृगौला, मानसिक अवस्था, छाला–रौं आदि सबै अंग प्रणालीहरूमा जटिलभन्दा जटिल समस्याहरू द्रुतगतिमा आउन बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लि. तेह्रौ“ वार्षिक साधार०ा सभा ठ बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लि. सक्छ । बिश्व स्वास्थ्य संगठन ९ध्ज्इ० ले २३ फेब्रुअरी २०२१ सम्मको बिबरणमा ११ करोड ७ लाख पृथ्वी बासीमा कोभिड पोजिटिभबाट २४ लाखको मृत्यु भएको तथ्याङ्क छ । तर अघिल्लो हप्ता २४ लाख पोजिटिभ र ६६ हजारको मृत्यु भयो जुन अघिल्लो हप्ताको तुलनामा ११ र २० प्रतिशतले कम हो । बिश्वले कोरोना बिरुद्धको खोप लगाउन शुरू गरीसकेको छ । हाम्रो देशले पनि खोप शुरू गरिसकेको छ । नेपाल सरकारसंग अनुरोध गरी यस संस्थामा कार्यरत सबै कर्मचारीहरूलाइ आवश्यकता अनुसार पटक–पटक गरी २५० पी.सी.आर परि क्षण निःशुल्क गरिएको थियो । त्यस्तै यस संस्थाका कर्मचारीहरूलाई कोभिड–१९ (कोभिशिल्ड) खोपको पहिलो मात्रा लगाई सकिएको छ । जुन राम्रो मात्र हैन अहिलेको समयमा अति राम्रो भन्नु पर्दछ । हाम्रो देशमा पनि कोभिडको ग्राफ ओरालो लागेकै देखिन्छ तर यसको त्रास गैसकेको भने छैन । सामाजिक दुरी, माश्क पर्योग गर्ने, साबुनले हात धुने, स्यानिटाईजर प्रयोग गर्ने रोगबाट जोगिने अझै मूलमन्त्र हुन्; किनभने सामुदायिक स्वास्थ्यले दोश्रो महामारीको कल्पना गर्दछ र नकार्न समेत सकिदैन । संस्था संग म ः स्थापनाकालदेखि यो संस्थासंग आबद्ध भै, बिगत ७ बर्षदेखि नेतृत्वमा रही कार्य गर्ने मौका यस्तै सभाले दिएको हो मलाई । प्रत्येक साधारणसभामा हामीले गरे–गराएका कार्यहरू तथा बार्षिक कार्यक्रमका फेहरिस्तबाट हामीलाई मूल्याङ्कन गर्नु भएको छ नै । संस्थाको बृहत्तर हित कै लागि लागि परेको छु, लागि परिरहने छु । केहि राम्रा, केहि अति राम्रा कामहरू जस्तै जग्गा–भवन, भवनको भुकम्प रहित रेट्रोफिटिङ, नयाँ आधुनिक मेशिनरी औजारको ब्यबस्था भएको, हामीलाई उल्लेख्य उपलब्धी लाग्दछ । संस्था विकासको लागि सपना देख्नु पनि उत्तिकै राम्रो पक्ष हो । आगामी दिनमा अस्पतालको लागि सरकारी मापदण्ड अनुसार चाहिने ७ रोपनी जग्गाको ब्यबस्था गर्नु पर्नेछ; जुन आगामी कार्य समितिले गर्ने नै छ । यसकार्यमा पनि मेरो पूर्ण समर्थन तथा सहयोग रहने छ । संस्था सहकारी ऐन नियम, सरकारी मापदण्ड, तथा स्थानिय सरकारी नियम सम्मत रुपले चल्दछ । त्यसैले कहिले काहीं संस्थाको काम गर्दा सजिलो–सहज नभै केहि असहज हुने गर्दछ; जुन कुराहरू छिचोल्दै जानु पर्ने हुन्छ । मेरो नेतृत्वकालमा भएगरेका राम्रा कामहरू र राम्रो हुन बाँकी रहेका कामहरुको नैतिक जिम्मेवारी वा जस अपजस म लगायत यस कार्य समितिले लिने छ; त्यसमा पनि कार्य समितिको नेतृत्वदायी भूमिका निर्वाह गरेको कारण मैले पूर्ण जिम्मेवारी लिनु पर्दछ र लिन तयार छु । असल नियत राखेर संस्थाको भलाईको लागि गरेका कार्यहरू यहाँहरुले अवश्य पनि आफ्नो धारणामा राख्नु हुनेछ । न्यायोचित कामको सह्राहना गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु । यस कुराले अब आउने नेतृत्वलाई पनि प्रेरित गरि मार्ग निर्देश गर्ने छ । कामगर्ने दौरानमा सबै साथीहरुलाई समेटेर अगाडी बढाउन सकिएन होला वा साथीहरुले सहयोग गर्ने बातावरण बनाउन सकिएन होला । तथापि यो संस्थाको विकास र प्रगतिको लागि मन बचन र कर्मले कुनै खोट नराखिकन आफ्नो क्षमताले गरेको जस्तो लाग्छ; जुन यहाँहरूले मूल्याङ्कन गर्नु नै हुनेछ । अझै धेरै गर्नु छ । थुप्रै योजनाहरू छन । तिनलाई मुर्त रूप दिनै पर्दछ । जो नेतृत्वमा आएपनि गर्ने छ र गर्नैपर्छ भन्नेमा म दृढ छु । यो तेह्रौं तेह्रौ“ वार्षिक साधार०ा सभा बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लि. ड साधारणसभा अत्यन्त महत्वपूर्ण रहेको छ । यसै साधारण सभाबाट आगामी चार बर्षको लागि नयाँ कार्यसमिति चयन हुनेछ । सो निर्बाचन प्रकृयाको लागि निर्बाचन समिति गठन भैसकेको छ । अस्पताल तथा कलेजको बार्षिक प्रतिवेदन अनि कार्ययोजना संस्थाका महासचिव ज्यूबाट र आर्थिक प्रतिवेदन तथा आगामी बर्षको बजेट कोषाध्यक्ष ज्यूबाट यहाँहरू समक्ष प्रस्तुत हुनेछ । त्यस्तै कलेजको बिगत तथा आगत प्रतिवेदन कलेज ब्यबस्थापनका अध्यक्षबाट तथा संस्थाको लेखा प्रतिवेदन लेखा समितिका संयोजकबाट यहाँहरूसमक्ष प्रस्तुत हुनेछ । आगामी कार्यसमितिमा अबका दिनका कार्यक्रमहरूको निरन्तरता तथा नयाँ कार्यको लागि कुशल, योग्य, केही गर्न आँट्ने, दूरदृष्टि सहितको सबल ब्यक्तिको चयन गरी संस्थालाई अगाडी बढाउन सम्पूर्ण महानुभावहरू क्रियाशील र समर्पित हुनुहुनेछ भन्ने कुरामा म बिश्वस्त छु । संस्थाका हजारौं हातहरू एकैपटक उठ्न सके बिशाल शिखर पनि हलुङ्गो हुने छ । यस कार्यको लागि मेरो हार्दिक अनुरोध छ । भविष्यका समयको लागि मेरो दृढता पुनः दोहो–याउँदछु । मेरो कथन टुङ्ग्याउनु अगाडी संस्थाको बृहत्तर विकासको लागि हर समय लागि पर्नुभएका संचालक समितिका साथीहरू, शेयरधनि महानुभावहरू, लेखासमितिका साथीहरू, चिकित्सक स्वास्थ्यकर्मी नर्सिङका साथीहरू, शिक्षक र प्रशासनिक कर्मचारी साथीहरू तथा अन्य शुभेच्छुक मित्रहरूमा आत्मादेखि नै म कोटीकोटी धन्यवाद ज्ञापन गर्दछु । धन्यवाद, जय नेपाल । डा. केदारनरसिंह के.सी. अध्यक्ष