बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेड १३ औं वार्षिक साधारण सभा २०७७ मा प्रमुख कार्यकारी अधिकारीको कलमबाट तेह्रौ“ वार्षिक साधार०ा सभा बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लि. द्दड पुगेका विशेष गरेर फोक्सोमा देखिएको पिडा निकै सकसपूर्ण हुने रहेछ । कुष्ठरोग, टी बी, एड्स जस्ता दीर्घ रोगहरूको भन्दा कोभिड–१९ को फैलिने तथा शरीर भित्रका अंग जस्तै फोक्सोलाई जकड्ने स्पीड धेरै रहेछ भन्नेकुरा स्वास्थ्यकाजीहरुले अनुभव गरियो । छातिको बिहानको एक्स–रे र बेलुकाको एक्स–रे मा गहिरो भिन्नता हुने रहेछ । यि सबै कुराहरू प्रत्येक व्यक्तिको स्वास्थ्य प्रतिरोधात्मक क्षमतामा भर पर्छ । अति नै विषम परिस्थिति श्रृजना भयो । बिरामीको सेवामा लाग्दा आफु पनि जोगिने, परिवार र समाजलाई पनि जोगाउने ठूलो जिम्मेवारी बहन गर्ने आत्म बिश्वास ल्याउनु पर्ने भयो । स्वास्थ्यकर्मी पनि त यहि समाजको एक अंग हुन । “डर“ सबैमा थियो, छ । कतिले काम छाडे, कतिले अनेक जुक्ति लगाई काममा ढिला सुस्ति देखाए होलान । धेरैजना कर्मचारीलाई कोभिडले समात्यो पनि । “हमदर्दि, विष्मयकारी शव्द वा हाउभाउ, कुम उचाल्ने“ सबैखाले प्रतिक्रिया देखियो, सुनियो वा सुनाइयो । यि सवै मानव स्वभाव हुन । समयले सपार्नेछ । बी पी स्मृति अस्पतालमा कार्यरत २९ जना स्वास्थ्यकर्मीहरूलाई कोभिड–१९ पोजिटिभ भयो । केहि स्टाफ अस्पताल मै बसेर उपचार गरे भने केहिले घर मै । “रोग लागे पछिको अन्धकार खाडलको चित्कार चिकित्सक, नर्स तथा अन्य सबै कर्मचारीमा थियो जुन अति नै पीडादायी थियो । पी सी आर पोजिटिभ बिरामी संग सिधा सम्पर्कमा आएका ६४ जना स्वास्थ्यकर्मी तथा अन्य सहयोगीहरूलाई भिन्न समयमा संस्थाको कलेज तथा अस्पताल कै बैठक हलमा सरकारी निर्देश अनुसार छुट्टै बस्ने (क्वारेन्टाईन) व्यवस्था मिलाईएको थियो । अस्पतालमा उपलब्ध स्थान कोभिड–१९ को सरकारी मापदण्ड तथा विश्व स्वास्थ्य संगठन अनुमोदित अनुसार योग्य बनाई व्यवस्थापन गरिएको थियो । स्थूल स्थानको अभावमा शुक्ष्म तरिकाले गरिएको व्यवस्था सराह्य थियो भन्दा अत्युक्ति नहोला । द्रूत स्वास्थ्य सेवाको लागि सरकारबाट स्वीकृत एन्टिजेन तथा अन्तिम नतिजाको लागि पी सी आर परिक्षणको व्यवस्था गरिएको थियो । नेपाल सरकारलाई अनुरोध गरी अस्पतालका स्वास्थ्यकर्मी तथा सहयोगीहरूको पटक–पटक गरी २५० पी सी आर परिक्षण गरिएको थियो । विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाहरू जस्तै स्वास्थ्य सेवा विभाग, अमेरिकन फाउण्डेशन, सनराईज बैंक, नेपाल चेम्बर अफ कमर्श काठमाण्डौ, नेपाल रेडक्रस सोसाईटी, लाईन्स क्लब लाजिम्पाट, काठमाण्डौ आदि बाट कोभिड–१९ को व्यवस्थापकीय सामानहरूको सहयोग बी पी स्मृति अस्पताललाई पनि आएको थियो । अपुग तथा अति आवश्यक सामानहरूको व्यवस्था बजारबाट गरिएको थियो । वस्तु अभाव, मुल्य बृद्धि तथा अशोभनिय बजार मूल्यको अनुभव हामीले पनि गरेका थियौं । समय प्रतिकूल थियो । अस्पताल आफैलाई उपचारको आवश्यकता थियो । कर्मचारीहरू, व्यक्ति, संस्थाहरू सबैका सहयोग–सदाशयताले संस्था बहुरिएको भन्दा ठिकै होला । दैनिक कार्य सम्पादन समिति तथा संचालक समितिका पदाधिकारी ज्यूहरुको तत् समयमा अस्पतालको व्यवस्थापन भूमिका सदा भन्दा विशेष अग्रणी रह्यो । सबैमा हार्दिक धन्यबाद । बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लि. तेह्रौ“ वार्षिक साधार०ा सभा द्दढ बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लि. बी पी स्मृति अस्पतालमा कोभिड–१९ बिरामीहरू जम्मा ६५ जनाको विशेष वार्डमा तथा २५ जनाको आई सी यू मा आजका मिति सम्म उपचार गरिएको छ । जसमध्ये ७ जनाको मृत्यु भएको थियो । कोभिड को खोप पनि आई सकेको छ । अस्पताल कलेजमा कार्यरत सबै प्राबिधिक तथा सहयोगी कर्मचारीहरुलाई पहिलो खोप पनि लगाई सकेको छ । दोश्रो मात्रा पनि निश्चित समय भित्र लगाईने छ । अहिले सम्मको अध्ययनले खोपको प्रभाबकारिता सन्तोषजनक देखाएको छ । खोपको भबिष्यमा हुने अध्ययनले बाँकी कुराहरू खोतल्दै जाने नै छ । सरकारले सबैजनालाई खोप लगाईदिने बाचा गरेको छ । सबैजना ढुक्क भएर खोप लगाउनु हुन सल्लाह हामी दिन्छौं । अस्पताल सेवाको बारेमाः बी पी स्मृति अस्पताल पनि अन्य अस्पताल वा अन्य सेवाहरू जस्तै गत वर्ष तथा यस वर्ष पनि प्रभावित रह्यो । गत वर्षको चैत्र ११ गते देखिको लकडाउनले सबै व्यक्ति तथा क्षेत्रमा असर पर्न गयो । आम्दानीमा संकुचन हुनु त छँदै थियो, कोभिडको प्याण्डेमिकले श्रृजेको अवस्थालाई सेवानुकूल तथा समयानुकूल बनाउनका लागि खर्च पनि गर्नुपर्ने बाध्यकारी समय ल्याईदियो । प्रत्येक विभाग तथा ईकाईहरूमा बिरामीका संख्या कम भयो । आर्थिक वर्ष २०७६÷७७ को तेश्रो चौमासिक पुरै प्रभावमा रह्यो । तर हामीले एक दिन पनि अस्पताल बन्द गरेनौ । सबै कर्मचारी तथा व्यवस्थापन समिति सकृय रहनुभयो । ओ पी डी सेवा गत आ.व. २०७६÷७७ मा जम्मा १२१४३ जना जुन अघिल्लो वर्ष १७००२ थियो । तेश्रो चौमासिक (लकडाउन)मा जम्मा २०८१ जनाले सेवा लिनु भयो । आकश्मिक (ईमर्जेन्सी) सेवा जम्मा २५२९ जना जसमध्ये लकडाउनको समयमा जम्मा ५०७ जनाले सेवा लिनुभयो । आई सी यु सेवा लिने जम्मा २५६ जना थिए जुन अघिल्लो वर्ष ३९६ जनाले सेवा लिएका थिए । भर्ना भै उपचार गराउनेको संख्या २११० जना हुनुहुन्थ्यो जुन अघिल्लो वर्षको तुलनामा जम्मा ४ जना कम हो । हामीले सोंचेको भन्दा करिब ४००–५०० जना कम हो । शल्यकृया जम्मा ९६० जनाको भएको छ जुन अघिल्लो वर्ष १३२३ जनाको भएको थियो । कूल शल्यकृया मध्ये ६१२ जनाको मेजर तथा ३४८ जनाको माईनर शल्यकृया भएको थियो । एनेस्थेसिया त्यसै अनुरूप ६१२ जनालाई जनरल तथा ३४८ जनलाई लोकल दिइएको थियो । रेडियोलजी विभागमा गत आर्थिक वर्षमा एक्स–रे सेवा जम्मा ५४२९जना, अल्ट्रासाउण्ड ४०६७ जना, विशेष अल्ट्राशाउण्ड कलर डपलर जम्मा २७ जना तथा ईकोकार्डियोग्राफि ३६१ जनाले सेवा लिनुभएको थियो । तुलनात्मक हिसाबले यस वर्ष एक्स–रे १०१२, अल्ट्राशाउण्ड ९६३ तथा ईकोकार्डिओ ११६ कम हो । प्याथोलोजी विभागमा हेमाटोलोजि ६४९२ जना, बायोकेमिष्ट्रि ८८१६ जना, माईक्रोबायोलोजी ८६० जना, सेरोलोजी ८६० जना, पारासाईटोलोजी ४५८० जना, ईम्यूनोएस्से २९५०जना, साईटोलो जी ४१६ जना तथा हिस्टोप्याथोलोजी ४७१जनाले सेवा लिनु भएको थियो । जम्मा २५९१३ विभिन्न परिक्षणहरू गरिएको थियो जुन गत वर्षको तुलनामा २१०६३ परिक्षण कम हो जुन संस्थाको मूख्य आम्दानीको श्रोत मानिन्छ । इण्डोस्कोपी, कोलोस्कोपी र फिजियोथेरापी क्रमशः ११७९, १६० र २४९३ तेह्रौ“ वार्षिक साधार०ा सभा बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लि. घण् दन्त चिकित्सा सेवा समाज डेन्डल अस्पताल संगको सहकार्यमा पूर्ववत सञ्चालित भै रहेको छ । समग्रमा यस वर्ष सेवामा २२–४४ प्रतिशतले संकुचित भयो भने आम्दामी तर्फ २२ प्रतिशतले घट्यो । समय अस्वभाविक थियो र अझै छ, सबै जनाको उचित सहयोग तथा सल्लाहको खाँचो टडकारो देखिन्छ । अस्पतालका चुनौतिहरूः चुनौति कुन व्यक्ति वा संस्थाको नहोला र ? तर चुनौतिको पहिचान नगरी संस्थाको विकास पनि त सम्भव छैन नी । चुनौति संग जुझ्ने संभाबना हरेक तह–तप्कामा हुन्छ । हामी संग आँट छ । हामी समय सापेक्ष हिंड्ने क्षमता राख्दछौं । सरकारले निजि अस्पताल संचालनको लागि करिब सात रोपनी क्षेत्रफल जग्गाको नियम ल्याएको छ । अब बिस्तारै जग्गाको समेत जोहो गर्नु पर्नेछ । क्षेत्रफलको बिस्तार संगै सेवा बिस्तार अबश्य हुनेछ । अस्पतालमा संचालित प्याथोलोजी ल्याबको स्तरोन्नति गर्नु पर्दछ । नयाँ नयाँ बिज्ञानका खोजहरूका औजारहरूको व्यवस्था गरी आधुनिकता तिर नगै नहुने छ । यि बैज्ञानिक संसाधन सहित २४ सै घण्टा विशेषज्ञ सेवाको व्यवस्था अपरिहार्य छ । शरीरका प्रत्येक प्रणाली एक आपसमा अत्यन्त पूरक छन । यदि हामी समय सापेक्ष हुन सकेनौ भने सेवामा निश्चय नै अधुरोपन आउन सक्छ । आज प्रत्येक नागरिक सुसूचित छन । हामी सक्षम छौं भन्ने कुरा हामीले दिएका सेवा बाट उजागर हुन्छ; सो कुरा हामीले बुझेका छौं । त्यसैले किन्चित बिलम्ब नगरी संस्थालाई अगाडी बढ्न दिनु पर्दछ । नेतृत्व मार्ग दर्शक बनेर अग्रगामी सोंचका साथ नहिंडेमा उपलब्धिहरू ओझेलमा पर्न सक्छ । हामी–हामी जस्तैको प्रतिस्पर्धि होईनौ; बरू पूरक हौं । सेवा बिस्तारित हुन्छ, उन्नत हुन्छ, अब्बल हुन्छ, मन जित्ने हुन्छ; मेहेनतले, खुल्ला स्वच्छ दिमागले, सेवाभावले । अस्वस्थ धमिरिएको सोंचले, छोंटो धुलाम्मे दिमागको बाटोले उँधोगति होईन अधोगति तर्फ धकेल्ने पक्कै छ । प्रकृतिलाई बिज्ञानले अझै कहाँ जित्न सकेको छ र ? तर जति अध्ययन भएको छ; ती कुराहरू संग जुझ्न त सिक्नु पर्दछ । बिगत वर्षहरुका चुनौति पनि अ.ल्या.हुँदै थपिएका चुनौतिहरू संग भिड्नु पर्नेछ । मैले बिगतमा भने झैं “जस्तो सुकै चुनौति पनि छिचोल्न सक्ने दिगो संस्था बन्ने तथा बनाउने हामी सबैले संकल्प गरौं; कुनै कतै कसैले पनि नकारात्मक नसोंचि सकारात्मक सोंचका साथ गतिमा जाउँ जसबाट संस्थाको भलो हुनेछ ।“ कसैले कुनै कामकुरा गरेको छ भने पहिले त्यसको राम्रो पक्ष के रहेछ भनेर हेरौं । सच्याउनु त छँदैछ । अघिल्लो वर्ष नै भनिएका संकल्प गरिएका अस्पताल कलेजका बिकासका कामहरू यस वर्ष पनि ज्यूँने छन । सबै उल्लेखित बुँदाहरूलाई शुरुवात तथा पुरा गर्ने बाचा हामी सबैले गरौं । हातेमालो गरौं । संस्थाको भविष्य उज्वल छ । जय बी पी स्मृति अस्पताल । जय नेपाल । डा.धनबहादुर रानामगर एम बी बी एस, डी जी ओ, एम डी, एफ आई सी एस बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ अन्तराष्ट्रिय भिजिटिङ प्रोफेसर